Section 24
सेवा शुल्क तथा प्रवद्र्धन खर्च
: (१) नेपाल सरकारले कुनै खास मुलुक वा कम्पनीको लागि प्रति कामदार सेवा शुल्क र प्रवद्र्धन खर्च सहित संस्थाले लिन पाउने रकमको अधिकतम हद तोक्नेछ ।
(२) वैदेशिक रोजगारका लागि छनौट भएको कामदारको वैदेशिक रोजगारीमा जाने मुलुकबाट प्रवेशाज्ञा प्राप्त भएको जानकारी इजाजतवालाले दिएपछि निजले करार बमोजिमको रकम इजाजतपत्रवालाको कार्यालयमा वा बैङ्क खातामा जम्मा गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम इजाजत पत्रवालाको कार्यालयमा रकम जम्मा गरेकोमा सोको भरपाई कामदारलाई दिनु पर्नेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनका लागि “प्रवद्र्धन खर्च” भन्नाले इजाजतपत्रवालाले कामदारलाई रोजगारीमा पठाउँदा लाग्ने प्रवेशाज्ञा शुल्क र कामदारको कोटा उपलब्ध गराउँदा स्वदेश तथा विदेशमा भएको विविध खर्चलाई जनाउँछ ।